नियम १३
निर्वाचन अधिकृत सम्बन्धी विशेष व्यवस्था
(१) आयोगले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा १९ बमोजिम एक जना निर्वाचन अधिकृत र आवश्यक सङ्ख्यामा सहायक निर्वाचन अधिकृत नियुक्त गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको निर्वाचन अधिकृतले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनको लागि नियम ३ को उपनियम (१) बमोजिमको निर्वाचन कार्यक्रम अनुसार गर्नुपर्ने कार्य सम्पादन गर्न आवश्यक सङ्ख्यामा कर्मचारी खटाउन सक्नेछ ।
(३) नियम ३ को उपनियम (१) बमोजिमको निर्वाचन कार्यक्रम एवं सो सम्बन्धमा आयोगले समय समयमा दिएको निर्देशन अनुसार समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन सम्बन्धी सम्पूर्ण काम कारबाही उपनियम (१) बमोजिम नियुक्त निर्वाचन अधिकृतले सम्पादन गर्नु पर्नेछ ।